खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो

काठमाडौं, १६ कात्तिक – नेपाल आयल निगमले खना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएर प्रतिलिटर १०० रुपैयाँ पुर्‍याइएको छ भने डिजेल र मट्टितेलमा १/१ रुपैयाँ बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ कायम गरिएको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि मूल्य समायोजन गरिएको निगमको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार