काठमाडौं, १६ कात्तिक –नेपाली गितसंगित क्षेत्रमा एक चर्चित गायिका कोमल ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने भएकी छिन् । राप्रपा त्यागेर एमाले प्रवेश गरेकी कोमलले दाङ क्षेत्र नम्बर दुर्इमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउने भएकी हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘सकेस प्रत्यक्ष नभए समानुपातिकतर्फबाट उम्मेदवार बनाउने बचन दिएपछि एमाले प्रवेश गरेकि थिए । तर अहिले धोका दिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउने निर्णयमा पुगेकी हुँ ।’
उनले आफूलार्इ शंकर पोख्रेलले फोन गरेर उम्मेदवार बनाउन नसकेको जानकारी दिएपछि स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बताइन् ।
स्थानीय निर्वाचनमा राप्रपाबाट दाङमा मेयरका लागि निकै चर्चा चलेपनि राप्रपा टिकट नदिएपछि एमाले प्रवेश गरेकी थिइन् । एमालेबाट टिकट नपाए पनि आफू निराश नभएको बताउँदै वलीले भन्नुभयो, ‘अध्यक्ष ओलीले पनि तपाईँलाई समानुपातिकमा उठाउने कि प्रत्यक्षमा त्यो मेरो जिम्मा भयो । तपाईँ ढुक्क हुनुहोस् भनेपछि म दाङ आएकी थिएँ ।’
लामो समय रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेकी कोमल वलीले राष्ट्रवादी पार्टी भएकाले एमाले प्रवेश गरेको बताउनुभएको थियो । आफूले चुनावै नजिते पनि स्वतन्त्र उम्मेदवारी दिने बताउँदै उहाँले भन्नुभयो, ‘सबैथोक छाडेर राजनीतिमा आएँ । म हरेस खाने छैन । म राजनीतिमै समर्पित हुनका लागि रेडियो नेपालको जागिर छोडेँ ।
एमालेले पटक-पटक यसैगरी सबैदलार्इ धोका दिने गरेकोसमेत स्पष्ट पारिन् । एमाले त इमान्दार पार्टी हो जस्तो लाग्थ्यो, यहाँ पनि नातावाद चल्दो रैछ ।’