प्रतिनिधिसभा र प्रदेशसभा सांसद ३८४ सिटका लागि ४७०८ को उम्मेदवारी

काठमाडौं, १७ कात्तिक — प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचका लागि ४७०८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

पहाड र तराईका ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लगि दलका उम्मेदवारहरुले तामझामका साथ बिहीबार मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभा तर्फ १२८ सिटका लागि १७४२ र प्रदेशसभा तर्फ २५६ सिटका लागि २९६६ जनको उम्मेदवारी परेको छ ।  महिलाको उम्मेदवारी भने न्यून देखिएको छ ।

 

प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये ३७ सिटमा कात्तिक ५ गते नै मनोनयन दर्ता भइसकेको छ । त्यसैगरी ३२ जिल्लाका ७४ प्रदेशसभा सिटमा पनि कात्तिक ५ नै मनोनयन दर्ता भइसकेको छ ।

पहिलो चरणमा मनोनयन दर्ता भएका ३२ जिल्लामा मंसिर १० गते मतदान हुनेछ । विहीबार मनोनयन दर्ता भएका ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।

पाँच जना पूर्वप्रधानमन्त्रीले मनोनयन दर्ता गराए

आगामी आम चुनावका लागि विहीबारमात्रै चारजना पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दर्ता गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार डडेलधुराबाट उम्मेदवारी दर्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी ओलीले झापा ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरे भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम १ बाट उम्मदेवारी दर्ता गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं २ बाट प्रचण्डले चितवन ३ बाट र डा. बाबुराम भट्टराईले गोरखा २ बाट विहीबार उम्मेदवारी दर्ता गराए ।

पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री भावी प्रधानमन्त्रीका दाबेदार पनि हुन् । तर, यसपालि एउटामात्रै चुनाव क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उनीहरु जित्नै पर्ने दबावमा छन् ।

 

 

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार