अञ्जु पन्तको आँखाभरि अाँसु‍‍‍‍‌‌‌‌‌‌ (भिडियो सहित)

लोकदोहोरीमा चर्चित तथा सबै माझ परिचित नाम हो राजन ठकुरी । बागलुङ जिल्लामा जन्मीएका बहुप्रतिभाका धनि गायक तथा कुशल सर्जक राजन ठकुरीका हरेक गीत स्रोता दर्शकको मन छुने हुन्छ । उनै राजन पछिल्लो समय राष्ट्रि भावका गीत तथा आधुनिक विद्याको गीतमा समेत राम्रो उपस्थिति जनाइरहेका छन् ।

ठकुरीले सुमधुर संगीत दिएको नयाँ आधुनिक गीत आँखा भरि आँसु सार्वजनिक भएको छ । आधुनिक गीत क्षेत्रकी चर्चित गायीक अञ्जु पन्तको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बस्तु बनाएको छ ।

हामी सँग कुरा गर्दै संगीतकार ठकुरीले आफ्ना सबै गीत स्रोता दर्शकले मनपराइदिएको बताउदै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

युनिसा हमाल ठकुरीको कर्णप्रिय शव्द रहेको सो गीतमा संगीत राजन ठकुरी तथा निर्देशन देवेन्द्र पाण्डेले गरेका छन भने युनिषा हमाल र युगराज पाण्डेले उत्कृष्ट अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो हेर्नुहोस्

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार