१९९४ कि मिस वल्र्ड तथा भारतिय अभिनेत्री ऐश्वर्याबारे रोचक तथ्य

सन् १९७३ नोभेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९९४ मा मिस वल्र्डको उपाधि जितेकी थिइन् ।  अभिनेत्री ऐश्वर्या रायले बुधबार ४४औँ जन्मदिन मनाएकी छिन् । भारतीय अनलाइनले ऐश्वर्याको जीवनका केही रोचक प्रसंग उजागर गरेका छन् ।

आर्किटेक्चरर बन्न चाहन्थिन् ऐश्वर्या
ऐश्वर्या हिरोइन होइन, खासमा आर्किटेक्चरर बन्न चाहन्थिन् । उनलाई अभिनय, मोडलिङमा रत्तिभर पनि रुचि थिएन । आर्किटेक्चरर बन्ने सोच बनाउनुअघि उनी औषधिको क्षेत्रमा लाग्न चाहन्थिन् । तर, त्यता सफलता नमिलेपछि उनले आर्किटेक्टको पढाइ गरेकी हुन् । उनले रेहजा कलेज अफ आट्र्समा अध्ययन गरिन् । तर, पढाइ पूरा नगर्दै मोडलिङको दुनियाँमा प्रवेश गरिन् ।

नेदरल्यान्डमा  फूलको नाम ऐश्वर्या
ऐश्वर्या भारतमा मात्र होइन, विश्वका थुप्रै देशमा निकै चर्चित छिन् । नेदरल्यान्डको बोर्ड अफ टुरिजमले ट्युलिप फूलको नाम ऐश्वर्या राखेको छ । त्यहाँ भव्य कार्यक्रम आयोजना गरेर ट्युलिपलाई ऐश्वर्या घोषणा गरिएको थियो । बोर्डका प्रबन्ध निर्देशकले भारतीय अभिनेत्री ऐश्वर्याको सुन्दरताबाट प्रभावित भई फूलको नाम परिवर्तन गरेको बताएका थिए ।

ऐश्वर्याको सुन्दरताको रहस्य
ऐश्वर्याको नाम विश्वभरका सुन्दरी महिलामध्येमा आउँछ । जो–कोही पनि ऐश्वर्याको सुन्दरताप्रति मोहित भइहाल्छन् । ऐश्वर्याको सुन्दरताको खास रहस्य के होला ? यसबारे मान्छेहरू चर्चा गर्ने गर्दछन् । जन्मजात सुन्दरी ऐश्वर्या आफ्नो सुन्दरता कायम राख्न घरमा बनेको खाना मात्र खान्छिन् । पर्याप्त मात्रामा पानी पिउँछिन् । चिल्लो–पिरो खानेकुराबाट पनि ऐश्वर्या सधैँ टाढा रहने गरेकी छिन् । खानापछि फलफूल खाने गरेकी ऐश्वर्या सधैँ सकारात्मक सोच मात्र राख्छिन् । त्यसकारण उनको त्वचा सधैँ सुन्दर रहिरहेको बताइन्छ ।

ऐश्वर्याको मैनको पुल्ता
ऐश्वर्या बलिउडकी एक मात्र पहिलो हिरोइन हुन्, जसको मैनको पुत्ला म्याडम तुसाद म्युजियममा राखिएको छ । पूर्वविश्व सुन्दरी भएको तथा अभूतपूर्व सुन्दरताका कारण उनको पुत्ला संग्रहालयमा राखिएको बताइन्छ ।

दमदार अभिनयले बढ्यो रोल
ऐश्वर्याको करिअरको टर्निङ फिल्म हो ‘मोहब्बतें’ । थोरै मान्छेलाई मात्र थाहा छ, मोहब्बतें फिल्ममा पहिला ऐश्वर्याको रोल निकै छोटो थियो । तर, जब सेटमा पुगेर उनले अभिनय गर्न थालिन्, उनको अभिनय कला देखेर निर्देशक नतमस्तक भए । त्यसपछि उनले ऐश्वर्याको सिन थपेका थिए । फिल्म सुपरहिट भयो ।

टिचरका कारण मोडलिङमा प्रेरित
कलेज लाइफमा ऐश्वर्या सबै टिचरकी फेभरेट थिइन् । तर, उनी क्लासमा पछाडिको बेच्नमा बस्ने गर्दथिन् । तर, जब फिजिक्सको क्लास हुन्थ्यो, त्यतिवेला भने उनी अगाडि आएर बस्ने गर्दथिन् । उनी फिजिक्स टिचरकी अति प्रिय विद्यार्थी थिइन् ।

ऐश्वर्याले एउटा अन्तर्वातामा तिनै फिजिक्स टिचरले आफूलाई कलेज म्यागजिनका लागि फोटो सेसन गर्न प्रेरित गरेका थिए । त्यसपछि नै उनले मोडलिङको सपना बुनेकी हुन् । त्यही सपनाले आखिरमा उनलाई मिस वल्र्ड हुँदै फिल्म अभिनयको यात्रामा लगायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार