न्युयोर्कमा आतंकवादी आक्रमण गर्ने सेफुल्लो को हुन् ?

न्युयोर्कको म्यानह्याटनमा मंगलवार एउटा ट्रक पैदलयात्री र साइकलवालाहरूमाथि चढाएर आठजनाको हत्या गर्ने सेफुल्लो सैपोभ उज्बेकिस्तानका नागरिक हुन् । उनी सन् २०१० मा अमेरिका पुगेका थिए । उनी शुरुमा ओहायोमा बस्थे ।

उज्बेकिस्तानको राजधानी ताश्कन्दबाट अमेरिका पुगेका सेफुल्लोलाई शुरुमा खासै अंग्रेजी आउँदैनथियो । उनले शुरुवाती दिनमा जागिर खोजेर अंग्रेजी सुधार्ने कोशिश गरेका थिए । उनी ज्यादै ढिलो सुत्थे ।

एउटा विन्दुमा पुगेर उनी फ्लोरिडास्थित फोर्ट मायर्स गएका थिए । त्यहाँ उनले उज्बेक आप्रवासी कोबिल्जोन मात्कारोभलाई भेटे । सेफुल्लो त्यतिखेर ट्रक चलाउने काम गर्थे ।

‘मैले चिन्दा उनी एकदमै राम्रो मानिस थिए,’ मात्कारोभले भने, ‘उनलाई अमेरिका मन परेको थियो । उनी भाग्यमानी जस्ता देखिन्थे र जतिखेर पनि खुशी देखिन्थे । उनी आतंकवादी जस्तो देखिँदैनथिए तर म उनलाई नजिकैबाट चिन्दैनथिएँ ।’

त्यसपछि उनी न्युजर्सी सरे र पेटरसनमा बस्न थाले । त्यसपछि उनी उबर गाडी चलाउन थाले । सेफुल्लोले डीभी लटरीबाट ग्रीन कार्ड पाएर अमेरिका प्रवेश गरेका थिए ।

उबरका एक अधिकारीका अनुसार, सेफुल्लोले कम्पनीको पृष्ठभूमि परीक्षण पास गरेका थिए । ती अधिकारीले आफूहरू एफबीआईसँग सम्पर्कमा रहेर अनुसन्धानमा सहयोग गरिरहेको बताए ।

द न्युयोर्क टाइम्सबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार