काठमाडौं, १८ कात्तिक — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिएका काँग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । शुक्रबार नेता पौडेलले दिएको उजुरी अनुसार तनहुँ क्षेत्र नं १ बाट उनको उम्मेदवारी खारेज गरेको हो ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा सूचना जारी गर्ने तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।