सिन्धुलीको फिक्कलमा जिप दुर्घटना, ४ को मृत्यु

सिन्धुली, २० कात्तिक – सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा  बोलेरो जिप दुर्घटना हुँदा  ४ जनाको ज्यान गएको छ।  आइतबार राति बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना  भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा  पिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको ललिपुरस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ।

सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ। चालक यज्ञबहादुर रानामगरलाई  भने प्रहरीले  नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार