भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

भैरहवा, २० कात्तिक – भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने  क्रममा दुर्घटना भएको छ ।

जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।

जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए । रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार