बेलायती महारानी कर छलीमा तानिइन

काठमाडौं, २१ कात्तिक –बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ ।


‘प्याराडाइज पेपर्स’ नाम दिइएको अनुसन्धानमा १ करोड ३४ लाख कागजपत्रको अध्ययनपछि आर्थिक अपराधको रहस्योदघाटन गरिएको हो ।

आइतबार राति सार्वजनिक गरिएको इन्टरनेशनल कन्सोर्टियस अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्को संक्षिप्त विवरणमा बेलायती महारानी, अमेरिकी वाणिज्यमन्त्री सहित विभिन्न १ सय २० राजनीतिककर्मी रहेको छ । –  कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार