https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

त्रिपुरेश्वरको पेट्रोलपम्प परिसरमा आगलागी, एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं, २३ कात्तिक – काठमाडौंको त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोर परिसरभित्र रहेको वर्कसपमा बिहीबार साँझ आगोलागी हुँदा एकजनाको मृत्यु भएको छ । आगोलागीमा परी बारा, कलैयाका २० वर्षीय मुलायम आलमको घटनास्थलमै जलेर मृत्यु भएको हो ।

आगोलागीबाट १२ वर्षीय अजित अन्सारी र २५ वर्षीय अवीर अन्सारी घाइते भएका र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

आयल स्टोरभित्रै रहेको वर्कसपमा चुरोटबाट सल्केर आगोलागी भएको पनि प्रहरीले जनाएको छ । आगोलागीबाट पेट्रोलपम्पमा केही नभए पनि वर्कसप रहेको कोठाको ‘अन्डरग्राउन्ड’मा भने पेट्रोल भन्डारण गरिएको पाइएको छ । आगोलागीबाट ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

दमकल समयमै पुगेको र आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट बचेको हो । उक्त पेट्रोलपम्प विनोद जाजोडिया अग्रवालको भएको र पम्पको परिसरमै मोटरसाइकल ग्यारेज सन्चालन गरेर लापरबाही गरेको पाइएकोसमेत प्रहरीले बताएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार