https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, २४ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

देउवाले काठमाडौं नेसनल मेडिकल कलेजको सिट निर्धारणका लागि लेखेको पत्र तत्काल फिर्ता लिन शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् । नभए मन्त्री पद छाड्न भनेका छन् । डा. गोविन्द केसीसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर नेशनललाई सम्बन्धन दिन खोजिएकोमा विरोध गरेका थिए । प्रधानमन्त्रीले डा. केसीकै उपस्थितिमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई फोन गरेका थिए ।

उहाँले मेडिकल काउन्सिलमा पठाएको पत्र फिर्ता लिनू । नभए मन्त्री पदमा नबसे हुन्छ भन्नु भयो’ भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले भने ।  प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको आदेश खारेजका लागि तत्काल निवेदन पनि शिक्षा मन्त्रालयसँगै त्रिभुवन विश्ववद्यालयलाई निर्देशन दिएका छन् ।

सर्वोच्चले हालै मात्र काठमाडौं नेसनल मेडिकल कलेज खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । लगतै शिक्षा मन्त्रालयले सिट निर्धारण गर्न पत्र खेलेपछि डा. केसीले विरोध गर्दै आएका छन् ।

डा. केसीको टोलीले चिकित्सा शिक्षा अध्यादेश रोकिएमा पनि असन्तुष्टि जनाएको छ । सरकारले डा. केसीको माग अनुसार काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न रोक लगाउने गरी अध्यादेश ल्याएको छ । तर, राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी छ ।

डा. केसीले एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने चेतावनी दिएका छन् । भेटमा प्रधानमन्त्री देउवाले भने हालै मात्र राष्ट्रपतिसँग आफ्नो कुराकानी भएको र अध्यादेश छिट्टै प्रमाणीकरण गर्ने आश्वासन पाएको सुनाए ।

– नागरिक दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार