विप्लवको निशानामा माओवादी नेताहरु: प्रवक्ता यसो भन्छन्

काठमाडौं, २६ कात्तिक – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ ।

शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेचा बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो । शुत्ररबार रुकुममा जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो ।

पार्टीले रुकुममा शर्मा र रोल्पामा पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने,

-हाम्रो पार्टीको नीति चुनाव खारेज हो ।

-त्यसका लागि जनप्रतिरोध अभियान चलाइरहेका छौं ।

-आक्रमणको विषयमा हामीले बुझिरहेका छौं ।

 

– नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार