एसिसी यू–१९ एसिया कपमा नेपालको ऐतिहासिक जित, भारत १९ रनले पराजित, कप्तान दीपेन्द्रकाे अलराउन्ड प्रदर्शन

काठमाडौं, २६ कात्तिक – एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक जित हासिल गरेको छ । नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई १९ रनले पराजित गर्यो । क्रिकेटका कुनै पनि फर्मेटमा नेपालले भारतलाई हराएको यो पहिलोपटक हो ।

नेपालको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी नायक सावित भए । उनले अलराउन्ड प्रदर्शन गर्ने क्रममा पहिले ब्याटिङ गर्दै ८८ रन बनाए भने कसिँलो बलिङ गर्दै भारतका ४ महत्वपूर्ण विकेट लिए ।

यस्तै पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए । सन्दीप लामिछाने र कमलसिंह ऐरीकाे खातामा पनि १–१ विकेट रह्याे। नायक सावित भएका कप्तान क्षेत्रीले भारतका दुर्इ महत्वपूर्ण साझेदारी ताेडेर भारतलार्इ दबाबमा ल्याएका थिए ।

 

मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । ऐरीले ८८ रन बनाउने क्रममा १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे।

प्रारम्भिक ब्याट्सम्यान जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । उनले ९५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख भने ३ रनमा पेभेलिएन फर्किए ।

मध्यक्रम चल्न नसक्दा नेपाल एकसमय कठिन अवस्थामा देखिएको थिया । अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए ।

भीम सार्कीले पनि १५ रनको मात्र योगदान गरे। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए । यस्तै, पवन सर्राफ १ रनमै पेभेलियन फर्के भने कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए। सन्दीप लामिछाने ९ र किशोर महतो ७ रनमा नटआउट रहे ।

बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिए भने मन्दीप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे।

जवाफमा नेपाली बलरले आफ्नो कमाल देखाए । निकै कसिँलो बलिङ गरेका नेपाली बलरले भारतलाई १६६ रनमा अलआउट गर्दै ऐतिहासिक जित निकाले। नेपाली टाेलीकाे प्रशिक्षक विनाेद दास हुन् भने भारतीय टाेलीकाे प्रशिक्षक चर्चित पूर्वकृकेटर राहुल द्रविड हुन् ।

भारतसँगकाे जितपछि सेमिफाइनल पुग्ने नेपालकाे सम्भावना कायमै रहेकाे छ । पहिलाे खेलमा बंगलादेशसँग २ रनले पराजित भएकाे नेपालले अब मंगलबार मलेसियाकाे सामना गर्नेछ । मलेसिया यसअघि पहिलाे खेलमा भारतसँग पराजित भएकाे थियाे ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार