सूर्यलाई बृहस्पतिको गुनासो

देखेको त दिनरात हो,

अब भेट्न मन छ मलाई ।।

पट्यार लाग्दो तिम्रो वरिपरिको घुमाई, तोड्न मन छ मलाई ।।

 

हटाईदेऊ बुध, शुक्र, पृथ्वी, मंगल

प्रलय गराउन मन छ मलाई ।।

पर रहदा रहदा कक्रिएकी म, तिम्रो समीपमा पग्लिन मन छ मलाई ।।

 

लड्न मन  छ मलाई,

आफ्नो कक्ष छोड्न मन छ मलाई ।।

छोडीदेऊ सौर्यमण्डल तिमीपनि, दुर्घटना गराउन मन छ मलाई ।।

 

– अन्जु खड्का, भक्तपुर

greenroseanju@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार