कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ प्रणालीबाट

काठमाडौं, २८ कात्तिक –  कक्षा ११ र १२ को नतिजा पनि ग्रेडिङ प्रणालीबाटै ल्याइने भएको छ । यो वर्ष ११ र अर्को वर्षदेखि १२ को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ ।

यसअघि कक्षा १० को एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले– “ग्रेडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरिसकेको छ ।”

उनले कक्षा ११ को नतिजा ग्रडिङ प्रणालीअनुसार प्रकाशित भएपछि १२ को नतिजा पनि सोही सिस्टमअनुसार नै ल्याउने बताए ।  अध्यक्ष पौडेलले कक्षा ११ को मौका परीक्षाको नतिजालाई भने पहिलेकै आधारमा प्रकाशन गर्ने बताए ।  उनले असारमा सञ्चालन गरिएका कक्षा ११ का नयाँ नतिजामात्रै ग्रेडिङ सिस्टमअनुसार प्रकाशित गर्न लागिएको बताए ।

अध्यक्ष पौडेलले ग्रेडिङ प्रणालीबाट रिजल्ट ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउँदै कापी जाँचको काम चलिरहेको बताए ।  उनले अब एक महिनामै सम्पूर्ण तयारी सकेर नयाँ रिजल्ट ल्याउने पनि बताए । वैशाखमै हुने कक्षा ११ को परीक्षा यसवर्ष भने स्थानीय तहको चुनावका कारण असारमा संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार