चार डीआईजीको बढुवा सिफारिस

काठमाडौं, २९ कार्तिक — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिइरहेकै बेला गृह मन्त्रालयले चार डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको छ ।

गृहको बढुवा समितिले आइतबार मध्यराति डीआईजी हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकबाहेक ११ एआईजी छन् । सिफारिस मन्त्रिपरिषद्ले पास गरेपछि एआईजीको संख्या १५ पुग्नेछ । यसअघि गृहमन्त्री रहेका जनार्दन शर्माले ३ जनाबाट एआईजीको संख्या ११ पुर्‍याएका थिए । —  कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार