क्यान्सर पिडितको उपचार निशुल्क गर्न गराउँछु : डा राम बहादुर बिसि

सुर्य प्रसाद भुसाल, बुटवल, २९ कार्तिक – अर्घाखाँची क्षेत्र नम्बर १ लोकतान्त्रीक गठबन्धन तर्फका प्रतिनिधि सभा उम्मेद्वार डा. राम बहादुर बिसिले आफु बिजयी पश्चातको कार्यकालमा कुनै सुबिधा नलिने उद्घोष गरेका छन् । उनले आफु स्वास्थ्य क्षेत्रमा काम गरिरहेको ब्यक्ति भएको नाताले पनि आफुले स्वास्थ्य क्षेत्रमा धेरै पहुँच पुर्याउने प्रतिबद्धता गरेका हुन् ।

नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क सदनको आयोजनामा बुधबार बुटवलमा आयोजना गरीएको निर्वाचन प्रचार प्रसार तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै बिसिले आफुले जिल्लाबासिको लागी निशुल्क क्यान्सर उपचारको लागी कार्य गर्ने बताए । उनले जिल्लाको क्षेत्र नम्बर १ मा टोपबहादुर रायमाझि रहेपनि सधै जनताले एउटै ब्यक्ति नभई फरक ब्यक्तिको पनि चाहाना राखेको बताए ।

उनले रायमाझिले आफुले बिकास गरेको बोल्दै सबै सांसदले बिकास निर्माणका कार्यहरु गर्ने बताउँदै त्यसलाई कुनै ठुलो कुरा नभएको बताए । उनले जिल्लामा कांग्रेसको जित सुनिश्चीत रहेको बताए । उनले भने – ‘हामी यसै जित्छौँ किनकि हाम्रा भोटर ३२ हजार छन् । ’ स्थानीय तहको निर्वाचनमा भएको लफडाका कारणले बाम गठबन्धन पराजयको मुखमा पुगेको बताए ।

डा‍ विसीले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेस नै आवश्यक भएको दावी गरे ।

कार्यक्रममा बोल्दै पार्टि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मान बहादुर बिकले बोल्दै पार्टिको हितको लागी आफु सदैब तयार रहेको बताउँदै यो पटक अर्घाखाँचीमा कांग्रेसको जित सुनिश्चीत रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उम्मेद्वार बिष्णु प्रसाद खनाल मुस्कानले बोल्दै आफुहरु आफ्नो दमले चुनाव लडेको र बिजयी हुने बताए । उनले बुटवलमा भएका ब्यक्तिहरुले पनि यो अभियानमा सहभागिताको लागी पहल गर्नुपर्ने बताए । उनले बाम गठबन्धनले झुटा आश्वासन देखाएको बताउँदै आफुहरु सत्य कुरालाई सदैब आतमसाथ गर्दे आएको बताए । गठबन्धनको प्रभाव स्थानीय कार्यकर्तामा नपरेको बताउँदै ठुलो तहका नेताहरुलाई मात्र प्रभाव रहेको समेत बताए ।

प्रदेश सभाका अर्का उम्मेद्वार हिक्मत बहादुर टण्डनले बोल्दै क्षेत्रको बिकासको लागी आफुहरु पहल गर्ने बताए । उनले यो निर्वाचन लोकतन्त्र रक्षाको लागी भएको हुँदा जनताले रक्षाको लागी बुझ्नुपर्ने अबस्था आएको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेद्वार पुष्पा भुषालले पार्टिले आवश्यक परेमा जस्तो सुकै अवस्थामा पनि केन्द्र सहयोगको लागी तयार रहेको बताउँदै जिल्लामा पार्टिको जित सुनिश्चीत भएको बताईन् ।

कार्यक्रममा बुटवल उमहानगरपालिका नगर सभापति खेलराज पाण्डे, सन्धीखर्क नगर सभापति कमल भुषाल, सितगंगा ननगरपालिका प्रमुख सुर्य अधिकारी, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम, छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, पार्टि क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति केशव कुँवर, स्यामनाथ जिसि, रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेद्वार बिष्णु पोखरेल, तुल्सी भुषाल, गणेशचन्द्र पोखरेल, माधव भुषाल, ठाकुर घिमिरे, अर्जुन आचार्य, यम पौडेल, यादव घिमिरे लगायतले बोल्दै पार्टिको लागी सबै मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले कोदो र तोरी मिले जस्तो बाम गठबन्धन भएको भन्दै कोदो र तोरिको मिसाबटले न रोटी न तेलको अबस्था सिर्जना गरेजस्तै बाम गठबन्धनको कुनै औचित्य नरहेको दावी समेत गरे ।

कार्यक्रममा अन्या पार्टि छाडेर करिब ५० जना ब्यक्तिले कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशिहरुलाई पार्टि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मान बहादुर बिकले अबिर तथा मालाले स्वागत समेत गरेका थिए ।

सदनका संयोजक तुल्सी भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदनका सचिव बिनोद भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार