कैलाली, २९ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायक वादबीचको लडाई भएको बताएका छन् ।
बुधबार कैलालीको लम्कीमा कांग्रेस कैलाली क्षेत्र न २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले नेपाली जनतालाइ अन्धकार तिर धकेल्न खोजेको दाबी गरे ।
देउवाले जनतालाई डर धम्की र त्रासमा पार्ने कम्युनिष्टहरु एकातिर र देशमा शान्ती र स्थायित्व चाहने लोकतान्त्रीक गठबन्धन एकातिर रहेकाले जनताले शान्ती र स्थायित्व चाहने लोकतान्त्रीक गठबन्धनलाइ नै अत्याधिक मतले विजय गराउने बताए ।
मंगलबारदेखी प्रदेश नम्बर ५ को बर्दिया, बाँकेमा भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दैै कैलाली पुगेका देउवाले सुदुरपश्चिमको विकासको लागी आफु सधै लागी परेको र सुदुरपश्चिमका जनताका हरेक समस्याको आफु विज्ञ रहेको बताए ।
देउवाले कैलाली जिल्लाको महेन्द्रराजमार्गमा २२ वटा पुल आफु सरकारमा रहेका बेला बनाएको र विभिन्न शिक्षा स्वास्थ्य लगाएतका समस्या समाधानका लागी कांग्रेसले महत्वपुर्ण भुमिका खेलेको बताए ।