उपत्यकामा तरकारीको मूल्य बढ्नुमा बिचौलियाका सात तह

काठमाडौं, १ मंसिर  –  उपत्यकामा हरेक तरकारीको प्रतिकेजी मूल्य एक सय २० रुपैयाँ भन्दा माथि छ । मूल्य अझै आकासिने क्रममा छ । गत हप्ता खुद्रा तरकारी पसलमा गोलभेंडाको मूल्य एक सय २० रुपैयाँ थियो । अहिले एक सय ३० सम्ममा बिक्री भइरहेको छ ।

मूल्य बढ्नुमा ५० प्रतिशतले घटेको आपूर्तिको हात रहेको दाबी व्यवसायीहरुको छ । तर यो मौसममा कुनै पनि कोणबाट आपूर्तिमा कमी आउने कारण देखिँदैन् ।आलु, प्याज, टमाटर, काउली, भिनडी लगायत तरकारीको मूल्यबृद्धि भइरहने हो भने खाद्यान्नभन्दा तरकारीको मूल्य धेरै हुने देखिन्छ ।

कालीमाटी फलफूल बजारका अध्यक्ष काशीराज दाहाल भने आपूर्तिमा कमी आउनुका साथै बिचौलियाका कारण तरकारीको मूल्य बढेको बताउँछन् ।‘तरकारीको मूल्यबृद्धि हुनुको प्रमुख कारण किसानदेखि उपभोक्तासम्म आई पुग्दा सात तह पार गर्नुपर्ने बाध्यता हो,’ दाहालले भने, ‘अहिले आफूर्तिमा कमी आएको मौका पारेर प्रत्येक तहले नाफा बढाउँदा मूल्य आकासिएको हो ।’

उनका उनुसार बीचमा ६ तहले पहिले भन्दा २०–२० प्रतिशत नाफा राखेका कारण अहिले उपत्यकामा तरकारीको मूल्य आकासिएको हो ।- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार