कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार, ६ जना घाइते

नुवाकोट, १ मंसिर  – कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । नुवाकोटको चतुरालेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट जाँदै गर्दा डाडागाउँ शिकारी चौरमा महतसहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको हो । बम आक्रमणबाट ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

बिहान १० बजेर १० मिनेट जाँदा गराइएको विष्फोटमा परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ । डा. महत भने सकुशल छन् । नेकपा विप्लवको नाममा अरुले नै आफूलाई लक्षित गरी बम प्रहार गरेको डा. महतले प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार