कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्छ,- नेता भुसाल

अर्घाखाँची, २ मङ्सिर — नेपाली कांग्रेसका कांग्रेसका नेता पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भएको छ ।
उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउदै आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा १ ले बागीमा गरेको कार्यक्रममा बोल्दै नेता भुसालले अर्घाखाँचीलाइ कांग्रेसले पाँच बर्षमा देसकै नमुना जिल्ला बनाउने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । उहाले वाम गठबन्धनले कांग्रेसलाइ झन बढि फाइदा भएको बताउदै कम्युनिस्टहरु धरासयी हुने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, महासमिति सदस्य केसब श्रेष्ठ, क्षेत्रीय सभापति केसवराज कुवर, महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, ६ नम्वर वडा अध्यक्ष कमल पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य सिता भुसाल, पिताम्वर खनाल, तरुण दलका अध्यक्ष नारायण खड्का, नेपाली कांग्रेसका ठाकुर पन्थी, नेविसंघ पुर्ब अध्यक्ष प्रकासचन्द्र भटराइ, क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल , सदस्य कविराम पन्थी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम बागी कांग्रेसका सभापति मणिराम खनालको अध्यक्षता, सचिव नारायण भुसालको सञ्चालन र बिष्णु क्षेत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले पटौटी र पोखराथोकको डाडापरी भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै अर्घाखाँची प्रतिनिधि सभाका उम्मेद्धार डाक्टर रामबहादुर विसीले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेसको जीत आवश्यक भएको बताउनु भयो । उहाँले पोखराथोक र पटौटीका बासिन्दालाइ ढोरपाटन सड्कले धेरै विकास भएको बताउदै ढोरपाटन सडकको परिकल्पना र सर्भे गर्न स्वर्गिय काशिनाथ गौतमको योग्दान रहेको चर्चा गर्नु भयो ।
प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले क्षेत्र नम्बर २ को विकासका लागी आफ्ना प्रतिस्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने बताउनु भयो । कांग्रेसले अरु पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउदै विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन उहाले बताउनु भयो ।
क्षेत्रीय सभापती तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनिको विकासका लागी नेपाली कांग्रेसले कुनै कसुर बाकी नराखेको र आउँदो दिनमा पनी २४ सै घण्टा पाणिनिको विकासमा लाग्ने बताउनु भयो । कार्यक्रममा पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यप, महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल, पोखराथोक सभापती रामप्रसाद गौतम, मैदान सभापति शालीकराम घिमिरे, वडा अध्यक्ष नेत्रप्रसाद भट्टराई लगाएतले देशलाई आर्थिक क्रान्तीको माध्यमबाट देसलार्इ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार