अर्घाखाँची, २ मंसीर – नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर विकले कांग्रेसले प्रत्यक्षमा १०० ठाउँ भन्दा बढीमा विजयी हासिल गर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ अर्घाखाँचीले बल्कोटका विभिन्न ठाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै नेताले कांग्रेसको घोषणापत्रमा नै बाम गठबन्धन होईन, कम्युनिष्ट गठबन्धन हुन् भनी व्याख्या गरेको र कम्युनिष्टको सरकार आए देशमा अशान्ती हुने बताउँदै कांग्रेसको लहर देखेर एमाले माओवादीसँग मिलेको बताए ।
कांग्रेसको अहिले पनि बहुमत आउँने देखेर एमालेले माओवादीको साहारा लिएको बताउँदै कांग्रेसको लहरलाई कसैले रोक्न नसक्ने बताए, समानुपातिकका उम्मेदवार समेत रहेका विकले कांग्रेस देशभरको मुल्याङकन गरी बसेकोले समानुपातिकमा ४५ प्रतिशत आउँने दाबी गरे ।
एमाले र माओवादी गठबन्धन हुदाँ दुईतिहाईको सरकार बनाउने भने, त्यसपछि आजभोली बहुमतको सरकार बनाउँन भनेका छन र चुनावको अघिल्लो दिन तेस्रो र चौथो पाटी बनाउँन गठबन्धन गरेको भनेर भन्छन् ओली जी र प्रचण्ड जी ले ।
पुर्व केन्द्रीय सदस्य तथा पुव मन्त्री रेवती प्रसाद भुसालले नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताएका छन उनले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताए । निर्वाचन क्षेत्र नम्वर १ को गोखुंगा, हंसपुर र वागीमा कांग्रेस कार्यक्रताहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाले यस्तो बताए ।
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार डाक्टर रामबहादुर विसीले अर्घाखाँचीको विकास गर्न आफु उम्मेद्धार वनेको बताउदै आगामी ५ बर्षमा देसकै नमुना जिल्ला बनाउने बताए । अर्घाखाँची तथा देसलाइ समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएका उल्लेख गरे । क्षेत्रीय सभापति केसवराज कुवरले लोकतन्त्रको रक्षा गर्न कांग्रेसको जीत अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले बाम तालमेल भएपनि अर्घाखाँची नेपाली कांग्रेसको किल्ला हुने बताए । उनले २०६४ सालमा उम्मेदवार हापेका चेतनारायण उम्मेदवार भएका छन, उनले अहिले पनी मुस्कानको लहर देखेर १९ गते उम्मेदवार हाप्न सक्क्ने बताएका छन् ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले टोपबहादुर जी २०६४ सालदेखी अहिलेसम्म नेतृत्वमा छन, तर छत्रदेवमा केही सिन्को पनी नभाचेको तर कांग्रेसले ल्याएका कार्यक्रम मैले ल्याएको हो भनेर भन्न लाज लाग्दैन रायमाझी जी भनेर प्रश्न गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्मा, नेपाली कांग्रेसका पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, जिल्ला सचिव बिष्णु भुसाल, जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, महासमिति सदस्य केसब श्रेष्ठ, महाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिकाका उपमेयर खडानन्द बेल्वासे, छत्रदेव गाँउपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, जिल्ला सदस्य पिताम्वर खनाल, संगिता बेल्बासे, नेपाली कांग्रेसका नेता हुम प्रसाद बन्जाडे, कृष्ण चुँदाली, छत्रदेव गाँउपालिकाका वडा अध्यक्षहरु राजेस कुमार पन्थी, प्रकासराज पन्थी, वालकृष्ण श्रेष्ठ, कमल पौडेल लगाएतले मन्तब्य राखे ।