प्रचण्ड नर्भिक अस्पताल पुगे, प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने

काठमाडौं, ३ मंसिर-  पुत्र शाेकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पतला पुगेका छन् । पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए ।

पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् । प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ । नर्भिक अस्पतालमा अाफन्त र बिभिन्न राजनीतिक दलका नेताहरू समेत पुगिसकेका छन् ।

पत्रकार सम्मेलनपछि प्रकाशको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि माअोवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि  पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति अार्यघाटमा अन्त्यष्टि गरिने माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार