पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं, ३ मंसिर  – पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आइतबार बिहान निधन भएको हो ।

पूर्वराजाका पूर्व मूख्यसचिव पशुपतिभक्त महर्जन कोटेश्वर, पेरिसडाँडास्थित माओवादी पार्टी मुख्यालय पुगेर प्रकाश दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।माओवादी केन्द्रको मुख्यालयमा प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको छ । त्यहाँ विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको घुइँचो लागेको छ ।

केहीबेरमा प्रकाशको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपतिस्थित आर्यघाट लगिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार