अस्ताय प्रकाश, प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई रुदै दागबत्ती

काठमाडौं, ३ मंसिर – प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

पेरिसडाँडामा राखिएको छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा पनि उनले पीडा लुकाउन सकेनन् । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका थिए ।

माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

पशुपति आर्यघाटमा विभिन्न दलका नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार