
युवा वा जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा खालको ह्रदयघात म्यासिभ हार्ट एट्याक र अन्य थुप्रै कारणले हुनसक्छ । ह्रदयघात मुटुमा रक्त प्रवाह हुने धमनी थुनिएर वा फुटेर हुन्छ ।
धेरै अवस्थामा आकस्मिक मृत्यु रोक्ने विषय ब्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ । तर रक्तचाप, कोलेस्टोजस्ता रिक्स फयक्टरको जाँच र नियन्त्रण गरेमा धेरै ह्दयसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् । — नागरिक दैनिक