राप्रपाका केन्द्रीय सदस्य र यूवा संघका संयोजक काँग्रेसमा प्रवेश

ललितपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कपिल थापा नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कम्युनिष्ट गठबन्धनका कारण देशमा लोकतन्त्र संकट पर्न सक्ने भन्दै थापा दुर्इ दर्जन कार्यकर्तासहित आइतबार काँग्रेस प्रवेश गरेका हुन्।

ललितपुर १ ले आयोजना गरेको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलार्इ पार्टीमा स्वागत गरे। थापा तत्कालीन राप्रपा नेपालको ललितपुर जिल्ला सभापतिसमेत हुन्। लोकतान्त्रिक शक्तिलार्इ बलियो बनाउन आफू काँग्रेसमा प्रवेश गरेको उनले बताए। उनले भने, लोकतन्त्रको भविष्यलार्इ लिएर चिन्ता उत्पन्न भएको छ लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विकल्प छैन।

राप्रपा ललितपुरका पूर्व जिल्ला कोषाध्यक्ष चिनियाराम बिष्ट काँग्रेस प्रवेश गरेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य धनबहादुर केसी र नेकपा एमालेको भातृ संस्था यूवा संघ गोदावरी नगरपालिकाका अध्यक्ष सुरेश थापामगर पनि काँग्रेस प्रवेश गरेका छन्।

राप्रपा एमाले र माओवादीबाट काँग्रेसमा प्रवेश गरेकाहरुलार्इ स्वागत गर्दै काँग्रेस नेता खाणले अधिनायकवादबाट देशलार्इ बचाउन एकतावद्ध हुने समय आएको दावी गरे। उनले भने, कम्युनिष्टगठबन्धनका नाममा देशलार्इ फेरी अधिनायकवादमा लैजाने प्रपञ्च हुँदैछ, यसबाट बचाउन र देशलार्इ समृद्धितर्फ लैजान काँग्रेस बलियो हुनु आवश्यक छ। उनले आसन्न निर्वाचन लोकतन्त्र पक्षधर र अधिनायकवादीहरुबीचको जनमतसंग्रह भएको टिप्पणी गरे।

कार्यक्रममा अर्थराज्यमन्त्री एवम् काँग्रेसका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार उदय शम्शेर राणाले शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा सम्पन्न भएकाले संविधानको कार्यान्वयनका लागि काँग्रेसको विकल्प नरहेको दावी गरे। उनले कम्युनिष्टगठबन्धन संविधानको खिलापमा रहेकाले संविधानको स्थायित्वका लागि काँग्रेसका पक्षमा उभिन आग्रह गरे।

काँग्रेसका प्रदेश तर्फका उम्मेदवार ऋषिराम घिमिरेले कृषिलार्इ व्यवसायीकरण गर्न र उद्यमशीलतालार्इ बढाउन काँग्रेसलार्इ मतदान गर्न अपिल गरे। यस्तै प्रदेशतर्फका अर्का उम्मेदवार मीनकृष्ण महर्जनले युवालार्इ रोजगारीको अनिवार्य व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले वेरोजगार युवाहरुलार्इ राज्यले भत्ता दिनुपर्ने आफ्नो एजेण्डा रहेको समेत बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार