कांग्रेसले किन तोकेन गृहमन्त्री ?

काठमाडौं, ५ मंसिर— मतदानको दिन नजिकिएसंगै शृखंलाबद्ध बम विस्फोटका घटना बढेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खड्किएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

सोमबार मात्रै गृह मन्त्रालयमा आयोजीत प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवा मन्त्रालयमा पुगेका थिए ।

कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार पुगेका थिए । गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन पर्खिनुपर्ने बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल गर्नुपर्ने काम प्रभावित हुने गरेका छन् ।

त्यसै त कार्यव्यवस्तताबाट गुज्रिनुपर्ने प्रधानमन्त्रीले गृह मन्त्रालय पनि सम्हालेपछि गृह मन्त्रालयले भनेजस्तो र तत्काल निर्णय गर्न कसरी सकोस् ?, –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार