https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

एमाले माओवादी नेता कार्यकर्ता काँग्रेस र राप्रपा प्रजातान्त्रिकमा

बुटवल, ५ मंसिर – नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका १५ का अध्यक्ष जयबहादुर छन्तेल र नेकपा एमाले लगायत विभिन्न दल परित्याग गरी चार सय बढी नेता कार्यकर्ता नेपाली काँग्रेस तथा राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनले मंगलबार रुपन्देही क्षेत्र नं. ३ को फर्साटिकरमा आयोजना गरेको चुनावी सभामा उनीहरु नेपाली काँग्रेस तथा राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् । नवप्रवेशी उनीहरुलाई नेता खाण नेपाली काँग्रेस र स्वास्थ्य मन्त्री तथा क्षेत्र नं. ३ का प्रतिनीधि सभा सदस्यका उम्मेदवार दीपक बोहोराले पार्टी प्रवेश गराएका थिए ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रेमबहादुर फौदारको सभापतित्वमा भएको कार्यक्रममा शुद्धोधन गाउपालिका बडा.न.७ का निर्वाचित बडा सदस्य भिमबहादुर यादवको नेतृत्वमा करिव सय जना राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् । त्यस्तै माओवादि केन्द्रका रुपन्देही जिल्ला सदस्यहरु जयबहादुर छन्तेल, जोगबहादुर बि.क., जितु पुन र सहिद रमेश यादवका छोरा मन्जित यादवको नेतृत्वमा ३ सय बढी नेपाली काँगेसमा प्रवेश गरेको नेपाली काँग्रेसका क्षेत्रीय सचिव घनश्याम चालिसेले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गरेसंगै उनीहरुले बाम गठबन्धनले देशलाई निरंकुश शासन तर्फ धेकल्न खोजेकाले लोकतन्त्रको रक्षाकालागि लोकतान्त्रिक शक्तिमा आवद्ध भएको बताएका थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार