अर्घाखाँची, ६ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । अर्घाखाँची राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले नेपाली काँग्रेसका उम्मेदवारहरूलाई सघाउने तथा काँग्रेसका उम्मेदवारहरूसंगै जनताको घरदैलोमा भोट माग्न जाने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दिपक कुवँरको अध्यक्षतामा भएको बैठकमा लोकतन्त्रको रक्षाका लागि पार्टीको विचारभन्दा माथि उठेर लोकतन्त्र र विकासका लागि कांग्रेसलाई जिताउनु जरुरी रहेको बताए ।
सो अवसरमा नेपाली काँग्रेसका सभापति तथा प्रदेश सभाका उमेद्वावार विष्णु मुुस्कान खनालले लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतन्त्रवादी दल एकजुट हुनैपर्ने बताए ।
छत्रदेवको ठुलापोखरामा कांग्रेसको चुनावी सभामा अर्घाखाँची कांग्रेसको किल्ला हुन्छ— मुस्कान
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरूले चुनावी सरगर्मी अगाडि बढाईरहेका छन्। नेपाली कांग्रेसको चुनावी कार्यक्रम अन्तर्गत मंगलबार छत्रदेव गाउँपालिकाको ठुलापोखरामा चुनावी सभा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापती तथा क्षेत्र न १ प्रदेश सभाका उम्मेदवार विष्णु प्रसाद खनाल मुस्कानले बाम तालमेल भएपनि अर्घाखाँची नेपाली कांग्रेसको किल्ला हुने बताए । उनले अर्घाखाँचीको विकासका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताए ।