कम्युनिष्ट र रक्सी उस्तै !

शोभाकर पराजुली, काठमाडौं – कम्युनिष्टहरू एकदलीय सर्वसत्तावादको माध्यमद्वारा एउटै दलभित्रबाट न्याय हुने कल्पना गर्न आज पनि छोडिरहेका छैनन् ।लोकतन्त्रलाई नमान्नाको कारणले नै उनीहरूको पतन भएको हो । उनीहरूले रक्सीलाई जस्तै कम्युनिष्ट व्यवस्था वा परिपाटी नै ठानेका छन् । यो उदाहरणले कम्युनिष्टहरुका बारेमा बुझ्न र उनीहरु कसरी अपरिपक्व किसिमले वस्तुको विश्लेषण गर्दछन् भन्ने प्रष्ट हुन्छ ।

कम्युनिष्टहरूको बदमासीले चरम सीमा नाघेपछि संयोग र नियमित आकस्मिकताको रुपमा कम्युनिष्ट व्यवस्था स्वरुपमा वा चरित्रमा धरासायी हुँदै गएको सबैलाई थाहा छ । तर कम्युनिष्टहरुले अझै चेतेका छैनन् । कम्युनिष्टहरु विश्वमा कम्युनिष्ट व्यवस्थाको पतन भएकोमा त्यसको कारण बाहिर नै खोजिरहेका छन् । उनीहरुले त्यो कारण कहिल्यै पत्ता नलगाउने हुन् कि भन्ने पनि देखिएको छ । उनीहरुको कार्य जंड्याहाहरुको भन्दा फरक नहुने जस्तो लाग्दछ ।

कम्युनिष्टहरू अहिले पनि बहुदलीय व्यवस्था मान्दछौं भने पनि लेनिन, स्टालिन, माओ आदिका फोटोहरुलाई आफ्ना गुरुका फोटाका रुपमा घर, कार्यालय, सभा, सम्मेलन आदिमा राख्न छोडेका छैनन् । जसले एकदलीय व्यवस्था ल्याएका हुन् । विश्वभरका कम्युनिष्टहरूको झण्डा एउटै छ । तर उनीहरू आफूलाई राष्ट्रवादी पनि भन्न पछि पर्दैनन् ।

कम्युनिष्टहरू अहिले पनि बहुदलीय व्यवस्था मान्दछौं भने पनि लेनिन, स्टालिन, माओ आदिका फोटोहरुलाई आफ्ना गुरुका फोटाका रुपमा घर, कार्यालय, सभा, सम्मेलन आदिमा राख्न छोडेका छैनन् । जसले एकदलीय व्यवस्था ल्याएका हुन् । विश्वभरका कम्युनिष्टहरूको झण्डा एउटै छ । तर उनीहरू आफूलाई राष्ट्रवादी पनि भन्न पछि पर्दैनन् ।

कहिले एकदलीय व्यवस्था छोड्छौं पनि भन्दछन् । एकदलीय व्यवस्थाका गुरुहरूलाई मानेपछि कसरी एकदलीय विचार छोडियो रु त्यसैले एकदलीयता नै जनविरोधी हो र कम्युनिष्टहरू एकदलीयताका पृष्ठपोषक हुन् भन्ने सन्देश पनि जान सक्नु पर्दछ । निष्पक्ष जनसमुदायले यो प्रष्ट रुपमा बुझ्न आवश्यक छ ।

रक्सी खाएर केही मानिसहरू एउटा कोठामा बसेछन् । बेस्सरी रक्सी लागेको हुँदा उनीहरू हिड्दा कसैको टाउको ठोकिएछ र घाउ भएछ । हिंड्दा लडेर कसैको खुट्टा भाँचिएछ । कोही त मरेछन् पनि । यो त नराम्रो भयो भनेर उनीहरू त्यसको बारेमा प्रष्ट हुनु पर्दछ र सच्चाइमा जानु पर्दछ भन्नेमा पुगेछन् । उनीहरूले विश्लेषण गरेछन् कि मर्ने मानिस खाल्टो नहेरेकोले त्यहाँ परेर मरेछ, खुट्टा भाँचिनेले हिड्दा विचार नपुर्याएको हुदाँ उसको खुट्टा भाँचिएको रहेछ ।

टाउको ठोक्किनेको टाउकोले विचार नपुर्याएको हुँदा टाउको फुटेको रहेछ । रक्सीले त हुँदै हैन भन्ने उनीहरूको निष्कर्ष निस्केछ । किनभने उनीहरूका अनुसार रक्सीले भएको भए सबैको टाउको किन नफुटेको ? सबै किन नमरेका ?किन सबैका खुट्टा नभाचिएका ?

हेर्दा उनीहरूको कुरा ठीक जस्तो लागे पनि यो सत्य होइन । रक्सीको कारणले नै त्यो भएको हो । अर्थात् कम्युनिष्ट व्यवस्थारुपी एकदलीय रक्सीको कारणले विश्वमा कम्युनिष्ट व्यवस्था असफल भएको हो । तर कम्युनिष्ट मित्रहरूलाई त्यो कम्युनिष्ट रक्सीमा बानी परेको हुँदा त्यसको दोष आनन्द आउने कुरालाई दिन मन लाग्ने कुरा भएन ।

त्यसैले उहाँहरूले यसको दोष अरुलाई नै दिनु भयो । वास्तवमा कम्युनिष्टहरूको एकदलीयतामा हुने मानवीय कमजोरी नबुझेर समाजको भविष्य, हाम्रो अधिकार र हाम्रो स्वतन्त्रता न्यायमा अर्थात् समानतामा आधारित छ ।

लोकतन्त्रलाई आत्मसात् गर्ने समाजवादमा मात्रै ती कुराहरू संभव छन् । समाजवादको प्रष्टता जाँच्ने सबैभन्दा मुख्य उपाय भनेको लोकतन्त्र हो ।

हामीलाई लोकतन्त्रले दास हुनबाट बचाउने मात्र होइन बरु भावी पिंढीलाई पनि उज्वल भविष्यका लागि प्रेरित गर्न सक्ने हुन्छ र यो विचारलाई कम्युनिष्टहरूले कहिल्यै लिन सक्दैनन् र नेपालको सन्दर्भमा नेपाली काँग्रेसले यो धारणालाई अँगालेको छ ।

– पराजुलीको लोकतन्त्र र समाजवाद नामक पुस्तकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार