विप्लवका ३ केन्द्रीय नेता पक्राउः छोरी चुनावमा, बाबु विरोधमा !

काठमाडाै, ७ कात्तिक – एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा जितवन ३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन् ।


प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । दाहाललाई जिताउने जिम्मेवारी उनले पाएकी छिन् ।
उनका बाबु मणिक लामा भने निर्वाचन भाँड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्या मणिक विप्लव समुहको ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुखसमेत हुन् । ,- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार