चितवनमा कम्युनिष्टको किल्लाबाट सयौं एमाले र माओवादीका कार्यकर्ता काँग्रेसमा प्रवेश

चितवन, ७ कात्तिक – निर्वाचनको संघारमा भरतपुर महानगरपालिका वडा नम्बर २९ कबिलासमा माओवादीका नेता भरत गुरुङ, रणबहादुर गुरुङ र एमालेका युवा परिचालन समितिको सयोजक मधु गुरुङको नेतृत्वमा सयौं युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस चितवनले आयोजना गरेको चुनावी सभामा पार्टी प्रबेश गर्दै युवा परिचालन समितिका संयोजक मधु गुरुङ्ले जनतालाई विकास र समृद्धि चाहिएको र कम्युनिष्टहरुले जनतालाई झुक्याउने मात्र काम गरेकोले आफूहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

कम्युनिष्टको किल्ला मानिने कबिलासमा काँग्रेस प्रबेश गरेपछि माओवादी पार्टी परित्याग गरेका स्थानीय नेता भरत गुरुङले कम्युनिष्ट पार्टी अहिले पारिवारिक रुपमा चलेकाले काँग्रेसमा प्रबेश गरेको बताए ।

माओवादी केन्द्र बिचारबाट नभएर पारिवारिक घेराबाट चलेको आरोप लगाउदै जनताको मर्मलाई आतमसात गर्न नसक्ने नेताहरुका कारण कार्यकता सो पार्टी छोड्ने मनस्थितिमा पुगेको बताए ।

माओवादी र एमालेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली काँग्रेस चितवनका सभापति एबं चितवन क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार जितनारायण श्रेष्ठले जनताको शान्ति, समृद्धि र विकासको चाहनालाई नेपाली कांग्रेसले पूरा गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार