राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा – बिष्णु मुस्कान

अर्घाखाँची, ७ कात्तिक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मानवहादुर विश्वकर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले होइन आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताउनुभएको छ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अभियान अन्तरगत अर्घाखाँची प्रदेस सभा १ को अर्घातोष र भगवतीमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता विकले प्रकृतिको अनुपम उपहार पाएको हाम्रो देश राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा महिला नेतृ पुस्पा भुसालले देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएकोले नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताउनुभएको छ । कांग्रेसका नेता रेवती प्रसाद भुसालले अबको १० वर्षमा देशको मुहार परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन सबै दललाई एकै स्थानमा ल्याउन सक्ने मध्यमार्गी पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु आवश्यक भएको बताउनु भयो ।

नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार डाक्टर रामबहादुर विसीले कृषि क्रन्तिको माध्यमबाट जिल्लामा रोजगारी सृजना गर्न सकिने बताउनु भएको छ । उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउनु भयो ।

प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्ने बताउदै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भएको छ । उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउदै कांग्रेसलाइ जिताउन सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, समानुपातिक उम्मेद्धार निर्मला क्षेत्री लगायतले मन्तब्य राख्दै कांग्रेसको जीत सुनिश्चित भएको बताएका थिए ।

यस्तै नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा २ को चुनावी प्रचार प्रसार कार्यक्रम नरपानीका विभिन्न स्थानमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेस सभा २ का उम्मेद्धार हिम्मत बहादुर टण्डनले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेसको जीत आवश्यक भएको बताउनु भयो । उहाले आम नागरिकको मनजित्न कांग्रेसले मात्र सक्ने भएकाले आफुलाई यसपालीमा धेरैै मत दिएर जिताउने बताउनु भयो ।

कार्यक्रममा पाणिनि गाँउपालिकाका अध्यक्ष तथा कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतम, महाधीवेसन प्रतिनिधि तथा युवा नेता इन्द्रमणि पौडेल, कांग्रेसका बुद्धि न्यौपाने, तरुण दलका सुर्य भटरार्इ लगायतले मन्तव्य राख्नु भएको थियो।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार