हिजोआज ओलीले सपनामा पनि चुनाव सारेको देख्छन् : प्रधानमन्त्री शेरबहादुर देउवा

रोल्पा, ७ कात्तिक –  अाज मौन अवधि सुरु हुनु केही घण्टा अगाडि रोल्पा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाबी सभालाई सम्बोधन गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्न रोल्पा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब रोल्पाकै जनता रोल्पाको मालिक बन्ने बताएका छन् ।

कम्युनिष्ट सरकार आयो भने डर र त्रासमा बाँच्नुपर्ने भन्दै सभापति देउवाले ‘नेपालका कम्युनिष्टले विश्वमै खत्तम भइसकेको व्यवस्था नेपाल ल्याउन चाहेको’ बताए । उनले भने, ‘नेपालका कम्युनिष्टहरुले चीनमा सकिएको माओवाद, रुसमा लेनिनवाद र माओवादको सपनामा जनता भुलाइरहेका छन् ।’

उनले भने, ‘सधैँभरी अर्काको दास बन्नु पर्दैन । अब रोल्पाका जनता आफै मालिक बन्नेछन् ।’ प्रधानमन्त्री देउवाले ‘द्वन्द्वले सबैभन्दा बढी क्षति पुगेको जिल्ला नै रोल्पा हो । ध्वंश गर्नेहरुले जिल्ला बनाएनन् ।

रोल्पाको विकास र समृद्धिका लागि काँग्रेस प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले डर र त्रासको अवस्थाको अन्त्य हुने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र स्थापनाका लागि लडेको काँग्रेसले मात्रै मुलुक समृद्धिमा लैजान सक्छ ।’ अहिले कम्युनिष्टहरु एक भएर सत्ता हत्याउने खेलमा लागेको भन्दै देउवाले कम्युनिष्ट शासन आए उही पूरानै डर, त्रास र धम्कीको स्थिति बन्ने बताए ।

देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्न खोजेको भन्दै प्रचार गर्दै हिँडेको र चुनाव सार्ने चाहाना ओलीकै रहेको तर्क गरे । ओलीले मंसिर १० र २१ गते चुनावमा भोट हालेर पनि ‘शेरबहादुर देवाले चुनाव सार्दै छ,’ भनिरहन बेर नलगाउने आरोप लगाए ।    उनले थपे, ‘ओलीले हिजोआज सपनामा पनि चुनाव सारेको देख्छन् ।’

लोकतान्त्रिक बामगठबन्धनले रोल्पाको सदरमुकामा लिबाङमा बिहीबार आयोजना गरेको चुनावी सभा शक्ति प्रर्दशनका रुपमा प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार