बाहिरियो धर्मगुरुको यस्तो कर्तुत: केही श्रीमतीले गरे सम्बन्ध बिच्छेद

काठमाडौं, ८ मंसिर — उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

लामाले उपचारका लागि आउने युवतीलाई सुसारे बनाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको खबर छ । उनले महिलाहरुलाई लठ्याएर यौनशोषण गर्ने र त्यसबारे कसैलाई बताए अनिष्ट हुने भन्दै थप यौनशोषण गर्दै आएका थिए । सिआईबीमा दुई महिलाले उजुरी गरेका छन् । धेरै महिलालाई उनले यौनशोषण गरेका प्रहरीको आशंका छ ।

गुम्बामा महिलालाई नै उनले आफ्नो सुसारे बनाउदै आएका थिए । नयाँ महिला उपचारका लागि जाने बित्तिकै पुरानो महिलालाई हटाउने गर्दथे ।

किस खाएको फोटो राखेपछि.. 
उनलाई भगवानजस्तै मानेर एक महिला गुम्बामा बसेकी थिइन् । तर, लामाको व्यवहार चित्त नबुझेपछि उनले बिद्रोह गरिन् । त्यसपछि लामाले ती महिलालाई किस खाएको फोटो फेसबुकमा राखिदिएका थिए । सोही घटनापछि लामाको कर्तुत बाहिरिएको हो ।

श्रीमानसँग सम्बन्ध बिच्छेद
-प्रहरीले गुम्बाका ६ महिलालाई उद्धार समेत गरेको छ । ती महिलाहरुले लामामा केही शक्ति रहेको बताएका छन् ।

-केही महिलाहरुको त उनै धर्मगुरुका कारण श्रीमानसँग सम्बन्ध बिच्छेद समेत गरेका थिए । सम्बन्ध बिच्छेदपछि पाएको सम्पती समेत उनैलाई ल्याएर बुझाएको समेत अनुसन्धानमा खुलेको छ ।

नक्कली अवतारी लामा
-अवतारी लामा हुन बच्चादेखि नै बुद्धधर्मसम्बन्धि अध्ययन गर्नुपर्छ । तर, उनी १० वर्षअघिदेखि मात्र उक्त गुम्बामा बस्दै आएका व्यक्ति हुन् । पहिला उनी टेकिडसम्बन्धि काम गर्दथे ।

-उनको श्रीमती झापामा गेष्ट हाउस चलाएर बस्दछिन् ।

-बौद्ध धर्म सेवा समितिले उनी नक्कली अवतारी लामा भएको जनाएको छ ।

-१० वर्षअघि उनले चाल्नाखेलमा १२ रोपनी जग्गा किनेर गुम्बा चलाएका थिए ।

-जुनसुकै रोग समेत निको पार्न सक्ने भन्दै उनले ठगी गर्दै आएक थिए ।

-शरिरीक शोषण गरेपछि उक्त कुरा बाहिर भनेमा रोग बल्झिने र ठुलो क्षती हुने भनेर तर्साउने गर्दथे ।

सिन्धुलीको कुशेश्वर स्थायी घर भएक ५६ वर्षिय लामाको बारेमा अझै धेरै कुरा खुल्न बाँकी नै रहेको डिआईजी कार्की बताउँछन् । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार