पहिलो चरणको मौन अवधि सुरु, प्रचारप्रसारमा रोक – सञ्चारमाध्यमले के गर्न पाइदैन ?

काठमाडौं, ८ मंसिर – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अहिले मध्य राति १२ बजे लगत्तै मौन अवधि शुरु भएको छ । भोट माग्न व्यस्त उम्मेदवारले अाजबाट मतदातालाई कुनै प्रकारले ‘डिस्टर्ब’ गर्न पाउनेछैनन् । मतदानको ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु भएकाले कुनै प्रकारको पनि प्रचारप्रसार गर्न पाइनेछैन् ।

मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ । दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रचार प्रसार गर्न भने कुनै असर नपर्ने आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा यो अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम वा सामाजिक सञ्जालबाट पनि मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न पाइन्न,’  उनले भने, ‘प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना पनि प्रकाश गर्नु हुन्न ।’ मौन अवधिमा सञ्चार माध्यमले पनि आचारसंहिताविपरीत कुनै काम गर्न नपाइने व्यवस्था छ ।

 

सञ्चारमाध्यमले के गर्न पाइदैन ?
मौन अवधि सुरु भैसकेपछि सञ्चारमाध्यमले कुनै पनि प्रचार प्रसारका सामग्री प्रकाशन प्रशारण गर्न पाइदैन । यस्तै कुनै दल या उम्मेदवारको प्रचार हुनेगरी सूचना या समाचार प्रवाह गर्न पाइदैन । यसपटक सञ्चारमाध्यमले  विशेष ध्यान दिनुपर्छ । २ चरणमा चुनाव हुने भएकाले मिडिया थप चनाखो हुनुपर्नेछ ।

पहिलो चरणमा आउँदो आइतबार हुने चुनावको लागि चुनाव हुने ३२ जिल्लाका मिडियाले त चुनावी प्रचार र दल या उम्मेदवारका समाचार प्रकासन प्रशारण गर्न पाउनेछैनन् नै, ति जिल्लासम्म पहुँच पुगेका र राष्ट्रिय सञ्जाल भएका रेडियो, टिभी, पत्रपत्रीकाले पनि चुनावी गतिविधि गर्न पाउने छैनन् ।

काठमाडौं  र अन्य जिल्लाबाट प्रकासन प्रशारण हुने राष्ट्रिय मिडियाले दोस्रो चरणमा हुने चुनावको लागि पनि राजनितिक क्रियाकलाप र चुनावी प्रचार समेटिएका सामग्री प्रकाशन प्रशारण गर्न पाउनेछैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार