ब्रमलुट मच्चाउने शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ,गुणस्तरमा समेत गम्भिर प्रस्न ?

मकवानपुर, ८ मंसिर – अबैध खानीबाट ब्रमलुट मच्चाउने शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ परेकाछन् । हेटौडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका हुन् । उनी पक्राउ परेको लामो समय भइसकेको छ ।

शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको हो ।

जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताउनुभयो ।

शिबम सिमेन्ट उद्योगका प्रमुख मारुलाई जिल्ला वन कार्यालय मकवानपुरले गएको कात्तिक २८ गतेनै पक्राउ गरेर हिरासतमा राखे पनि यो घटना लुकाइएको थियो । शिबम सिमेन्टले विभिन्न बहानामा ग्राहकहरुलाई ठगी गर्दै आएको छ । यस अघि   शिबम सिमेन्टको गुणस्तरमा समेत गम्भिर प्रस्न उठेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार