काठमाडौं, ९ मंसिर – निर्वाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र नलिएका, कुनै कारणवश परिचयपत्र हराएका वा नष्ट भएका मतदाताको मताधिकार सुरक्षित गर्न भन्दै मत हाल्न दिने भएको हो ।
आयोगका प्रवक्ता नवराज ढकालले आयोगले वितरण गरेको फोटोसहितको परिचयपत्र कुनै कारणले हराएको वा नष्ट भएको भए पनि मतदान गर्न दिइने बताए । —राजधानी दैनिक