कालीकोटमा तनाब जारी: सेना-प्रहरीद्वारा रातभर गोलाबारी, २ प्रहरीसहित ४ जना घाइते

कालीकाेट, १० मंसिर – शनिबार बिहानैदेखि तनावग्रस्त बनेको कालिकोटमा अझै तनाब जारी छ । दिउँसाे स्थानीय र सुरक्षाकर्मीबीच झडप भएकाेमा राति  झन् स्थीति तनाबपूर्ण बनेकेा थियाे । स्थानीयले चुनावमा भाग नलिने घोषणा गरेपछि सुरक्षाकर्मी ब्यापक दमनमा उत्रिएको छ ।

मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएपछि २ प्रहरीसहित ४ जना घाइते भएका छन् । दोहोरो भिडन्तमा परी प्रहरी नायब निरीक्षक (सई) गिरिराज भण्डारी र प्रहरी जवान राम बहादुर चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै प्रहरीकाे गोली लागि मुम्राका स्थानीय महेन्द्र शाही र तन बिक पनि गम्भीर घाइते भएका छन्। आज हुन गइरेहकाे मतदानको लागी सम्पुर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको तिलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको जनाइएकाे छ ।

शनिबार राती ९ बजेदेखी सुरु भएको स्थानीय र प्रहरीबीचको दोहोरो भिडन्त अबेर रातिसम्म जारी रहेको थियो । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका थिए । उता कालिकोटकै पलाता गाउँपालिका साबिकको (धौलागोह गाविस)को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई आइतबार स्थानीयले ढुंगामुडा गरेर लखेटेका छन्। स्थानीय जनताले मतदान केन्द्रमा जाँदै गरेको टोलीलाई लखेटेर निर्वाचन सामाग्री कब्जा गरेको खबर पाउनासाथ् सदरमुकाम मान्म खाडाचक्रबाट गएको नेपाली सेनाले अहिले उक्त क्षेत्रमा गोली बारी गरिरहेको छ । सेनाले लगातार गोली चलाउन थालेपछि सर्वसाधारण निकै आतंकित बनेको छन्।

डाफे बुथको लागी गएको सरकारी कर्मचारी र प्रहरीको पुरै टोलीलाई स्थानीयले लखेटेपछि उत्पन्न तनाबका कारण पलातामा सेनाले ब्यापक दमन गर्ने डरले केही स्थानीय युवाहरु जंगल तिर लागेको सजनीले बताइन। यता जिल्लाकै मेहलमुडीमा नेपाली सेनाले स्थानीय महिलाहरूमाथि हातपात गरेपछि तनाब सिर्जना भएकाे छ ।

साँझ धारमा पानी भर्न गएका स्थानीय महिलाहरुमाथि सेना जाइलागेको उनीहरुले बताएका छन् । नेपाली सेना नै महिलाहरुमाथि हातपातमा उत्रिएपछि स्थानीयवासीले प्रतिकार गरेका थिए । सोहि क्रममा खेतमा पानी लगाउन गएका स्थानीयहरुलाई समेत सेनाले लखेटेको मेहमुडीका स्थानीय जगन्नाथ योगीले बताए । ‘जनताको सुरक्षाका लागि भन्दै आएका सुरक्षाकर्मीले जनतामाथि हातपात गर्दैछन् । हतियार देखाएर तर्साउदै छन् ।’ योगीले टेलिफोनका क्रममा भने,-रातभर गोलीको आवाजले सुत्न सकिएको छैन । बालबच्चा डराएर रोइरहेका छन् ।’ आफुले घरभित्र लुकेर फोनमा बोलिरहेको उनले बताए । योगीका अनुसार अहिले पनि त्यस क्षेत्रमा सुरक्षाकर्मीले गोली प्रहार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार