रुकुम १० मंसिर –। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुमको बाफिकोट गाउँपालिकाको एक मतदान केन्द्रमा पुगेर मतपेटिकामा आगजनी गरेका छन्।
रुकुमको बाफिकोट गाउँपालिकाको काँडास्थित रत्न मावि क मतदान केन्द्रमा रहेको मतपेटिकामा आगजनी गरेका हुन्। आगजनीपछि त्यहाँको मतदान स्थगित गरिएको छ। आगजनीबाट मतपेटिकामा रहेका गरीब २०० मत जलेको प्रहरीको अनुमान रहेको छ।
मटपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ।