https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

चर्चको शौचालयमा बलात्कार, आरोपी पक्राउ

काठमाडौं, ११ मंसिर  – चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ । बुढानिलकण्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भंगाल बस्ने नुवाकोट थोपरेक–२ का २२ वर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ ।

विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ । शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारवाही अघि बढाएको छ । अभियुक्त विकले भने सहमतिमै आफूहरुबीच सम्बन्ध भएको दावी गरेका छन् । युवतीले भने अस्वीकार गरेकी छन् । दुवैजनाबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । –नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार