वाम गठबन्दनबारे के भन्छन् कलाकार राजेश हमाल, रेखा थापा र भूमिका श्रेष्ठ ?

राजेश हमाल, अभिनेता

एउटै विचार भएको पार्टी एकै ठाउँमा हुनु राम्रो हो, तर कुन नियतमा भएको हो त्यसमा पनि भर पर्छ । यदि कसैसँग जित्न सकिँदैन भने मिसिने भनेजस्तो हो भने यो गठबन्धनको काम छैन । देशको राजनीतिका लागि विपरीत विचार राख्ने दुईवटा पार्टी भयो भने मुलुकका लागि पनि धेरै राम्रो हुन्छ । साथै, विचारधारामा सामेल हुने जनतालाई पनि सजिलो ।

रेखा थापा, अभिनेत्री

राष्ट्रको हितका लागि सोचेर गठबन्धन गरिएको हो भने सकारात्मक हो । तर, चुनावका लागि मात्रको तालमेल हो भने जनतालाई ठग्ने काम भएको छ । त्यसैले अब जनता सचेत हुन जरुरी छ । जनताले अब को गलत को सही भन्ने कुराको छिनोफानो गर्ने वेला आएको छ ।

भूमिका श्रेष्ठअभिनेत्री

चर्चित कलाकार तथा यौनिक अल्पसंख्यकको हितमा समर्पित ब्ल्यू डायमण्ड सोसाइटीकी भूमिका श्रेष्ठले नेपालभरका  तेस्रो लिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएकोले चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि ढल्ने र दुर्याधनहरुको त नासै हुने बताइन् । उनले महाभारतको एक प्रसंग उल्लेख गर्दै भनिन्,“ महाभारतको धर्म युद्धमा नारी वा पुरुष कसैले पनि परास्त गर्न नसक्ने वरदान प्राप्त भिष्मपितामहलाई तेस्रो लिंगी शिखण्डीले धराशायी बनाएर ढालेका थिए, हामी अल्पसंख्यक तेस्रो लिंगी सबै नेपाली कांग्रेसको पक्षमा लागेकोले चुनावी मैदानमा कम्युनिष्टहरुको हार निश्चित छ ।”

प्राध्यापक,शिक्षक, प्रशासक, योजनाविद्,अर्थशास्त्री, इञ्जिनियर, वकिल,पत्रकार,कलाकार लगायतका बुद्धिजीवी र व्यवसायीको बृहत् भेलामा कलाकार भूमिकाले ४० जिल्लामा संगठन रहेको र ६ देखि ७ लाख सदस्य रहेको ब्ल्यू डायमण्ड सोसाईटीले संस्थागत रुपमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको पनि बताइन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार