अर्घाखाँची प्रदेशसभा(क) मा मुस्कान जितको घोषण गर्नमात्र बाँकी

यतिबेला चुनावी माहोलले रन्किएको अर्घाखाँचीमा नेपाली कांग्रेसबाट प्रदेशसभा क बाट उम्मेद्वार विष्णु प्रसाद खनाल मुस्कान उम्मेद्दारी रहेको छ । अर्घाखाँची जिल्लाको समुन्नत विकास र समृद्धिका लागि विभिन्न योजनासहित आफ्नो प्रतिबद्धता सार्वजनिक गदै चुनावमा होमिएका छन् । मुस्कान कांग्रेसपार्टी जिल्ला सभापति पनी हुन् । सामान्य परिबारका सरकारी जागिर छोडेर राजनीतिक यात्रा सुरु गरेका उनले राजनीतिलाई आत्मसाथगरि सामाजिक सेवामा समर्पण गर्दै आएका छन् । सरल स्वभावका उनी सबैलाई समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने खुबी भएका मुस्कान अहिले सम्म कुनै पनि सार्वजनिक पदमा पुगेका छैनन् ।

राजनीतिलाई सन्तुलन राख्दै जिल्लामा आउने सम्पूर्ण विकासका योजनालाई समानान्तर तवरबाट प्रत्येक ठाउँमा पु¥याई ग्रामिण जनजीविकाको स्तरोन्नती, विकासमा जन सहभागिता, पारदर्शिता र सहज पहुँचलाई सदैब आत्मसात गरी विकास कार्यक्रमलाई सधै अगाडी सार्नुपर्छ भन्छन् । उनलाई विकासप्रेमी नेताको रुपमा पनि चिनिन्छन् । सरल स्वभावका उनी सबै संग प्रत्यक्षरुपमा घुलमिल हुन सक्ने, सबैका सुख र दुःखमा रमाउन सक्ने मुस्कान सन्धिखर्कको हललाईन नजिकै भाडामा बस्दै आएका छन् ।

अर्घाखाँची जिल्लाको समुन्नत विकास र समृद्धिका लागि विभिन्न योजनासहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका मुस्कानले अर्घाखाँचीलाई ५ नम्बर प्रदेशको नमूना जिल्लाको रुपमा चिनाउने सार्वजनिक प्रण गरेका छन् ।

पाँच नम्बर प्रदेशलाई अलग गराउने राष्ट्रिय निर्णयका विरुद्ध आन्दोलनका अभियान्ताका रुपमा चिनिएका थिए जुन सफल रह्यो । राजनीतिलाई पद र पैसामा मात्र प्रभावित नभई राजनीतिमा फैलिएको धन र डनको विकृति चिर्नु अहिलेको आवश्यकता रहेको उनी बताउन्छन् ।

त्यसैले जनताको सेवामा निरन्तर समर्पित भई उच्च नैतिकता, सादगीपूर्ण जीवनलाई आफ्नो आर्दश मानी यसक्षेत्रका हरेक क्रियाकलापमा सक्रिय रुपमा मुस्कान संलग्न हुँदै आएका छन् । उनले हालसम्म निर्वाह गरेको भूमिका र सादगीपूर्ण जीवनशैलीका कारण त्यस क्षेत्रका मतदाताहरुले दलीय स्वार्थभन्दा माथि उठी रुख चिन्हमा मतदान गरी मुस्कानलाई विजयी बनाउने अटुट विश्वास उनमा रहेको छ ।

२०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा दुईवटै क्षेत्र गुमाउन पुगेको अर्घाखाँची काँग्रेस स्थानीय तहमा कमजोर धरातलमा उभिएको थियो । काँग्रेसलाई विश्वास गर्ने मतदाताहरु समेत निराशामा परिणत भई सकेका थिए । तत्कालिन अवस्थामा गैर लोकतान्त्रिक पार्टीहरुको गठबन्धनले लामै समय सम्म किल्ला बनाउने डर,त्रास लोकतान्त्रिक मान्यता बोकेका पार्टीहरुमा कायम रहेको अवस्था थियो । तर हालै सम्पन्न स्थानीय निर्वाचनमा अर्घाखाँची जिल्लालाई एकजुट र काँग्रेसमय बनाउने अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका मुस्कानले जिल्लामा अधिकाँस नगरपालिका र गाउँपालिकालाई आफ्नो पकेट क्षेत्रको रुपमा उभ्याउन सफल भएका छन् । उनको कुशल नेतृत्वदायी भूमिकाले अर्घाखाँचीबासी काँग्रेसमा उर्जा थपेको छ ।

विभिन्न गुठ उपगुठलाइ समाप्त गर्दै अर्घाखाँचीलाई एउटै काँग्रेसको रुपमा उभ्याउने अहम भूमिकाका अभियान्ता मुस्कानले आफ्नो पार्टीभित्र लोकप्रिय छबि स्थापित गर्न सफल भएका छन् । त्यसैले पनि उनलाई प्रदेशसभा १ को सर्वसम्मत नेतृत्वका रुपमा अगाडी सारी यस निर्वाचनमा जनतामाझ नेपाली काँग्रेसले उभ्याएको छ ।

पार्टीको जिल्ला सभापति भएदेखि नै संगठन विस्तारका लागि उनी निरन्तर लागि परे । उनले विभिन्न विभागहरुको गठन गर्दै मत मतान्तर भएका साथीहरुलाई समेत पार्टीमा राम्रो स्थान दिलाई संगठनलाई बलियो बनाउन निरन्तर लागि परे । युवाहरुको सोच र विचारलाई बढी प्राथमिकतामा राख्ने उनी युवाहरुको भावना र मर्म अनुरुप तरुणदल, नेपाल विद्यार्थी संघ, महिला संघ लगायतका भातृ संगठनलाई समेत परिचालन गर्दै पार्टीलाई एक ढिक्का बनाउन उनी सफल भएको देखिन्छ ।

अर्घाखाँची जिल्लामा विभिन्न योगदान पु¥याएका वरिष्ठ नेताहरुको मन जित्दै उनी सफल सभापतिका रुपमा अगाडी आएका छन् । जिल्लाका केन्द्रीय स्तरका नेताहरुको मन जितेर उनीहरुकै मार्ग निर्देशन अनुरुप संगठनलाई जनस्तर सम्म फैलाउन उनी निरन्तर लागि परे । त्यसैको फलस्वरुप अर्घाखाँची जिल्लालाई काँग्रेसमय जिल्लाको रुपमा स्थानीय तहमा चिनाउन उनी सफल भएका छन् ।

विभिन्न विश्लेषण अनुसार उनी प्रदेशसभा १ (क) का लागि चर्चित र जनप्रिय नेताको रुपमा उदयमान भएर अगाडि बढेका छन् । द्वन्दकालिन समयमा समेत जिल्लामा निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गर्दै तत्कालिन जनयुद्धका नाममा चलाइएका संघर्षले उनि कत्ति पनि विचलित भएनन् । नेपाली काँग्रेसका कर्मठ, योद्धा एवं इमान्दार नेता राममणी ज्ञवाली, शिवलाल पोख«ेल, पदमचन्द श्रेष्ठ, भेष बहादुर श्रेत्री लगायतका नेताहरुको माओबादीले हत्या गर्दा जिल्ला शोकमा परिणत भएको थियो ।

नेपाली काग्रेसमाथि गरिएका तत्कालिन प्रहारले अर्घाखाँचीमा रहेका आम सर्वसाधारणमा ज्यादै निराशा उत्पन्न गरेको थियो । त्यस्तो जटिलपूर्ण परिस्थितिमा उनीहरुसँग रातदिन बैचारिक संघर्ष गर्दै काँग्रेसका कार्यकर्ताहरुमा देखिएको निराशालाई मुस्कानले जिल्लामा बसी मलम लगाउने अटुट प्रयास गरेका थिए । त्यसैले पनि उनीप्रति अर्घाखाँची बासीको अटुट विश्वास रहेको छ ।

छत्रदेव गाउँपालिकाका एकजना कार्यकर्ताले मुस्कानलाई दुःखमा साथदिने व्यक्ति रहेको बताए । जुन बेला राममणी ज्ञवाली, शिवलाल पोख«ेल, भेष बहादुर क्षेत्री, पदमचन्द श्रेष्ठ जस्ता योद्धाहरुलाई मार्दा धेरै नेताहरु जिल्लामा नरहेको अवस्था थियो, तर पनि मुस्कान जिल्लामै बसी हामीहरुलाई ढाढ्स दिने प्रयास गर्दथे ।

हामीसँगै हरेक दुःखमा उनी सामेल भएका हुन्थे । तत्कालिन अवस्थामा ने.क.पा. एमाले र माओबादीबीच भएको बैचारिक विभेदका कारण एक अर्कालाई सिद्धाउने खेलमा लागेका उनीहरुलाई समेत एउटै शान्ति प्रक्रिया आउनु पर्दछ भन्ने मान्यता राख्ने मुस्कान शान्ति सम्झौता पछि स्थानीय शान्ति समितिको अध्यक्ष समेत रही समन्वयकारी भूमिका निर्वाह गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार