सेयर ब्रोकरलाई बोल्नै प्रतिबन्ध लगाएपछी, अब के होला ?

काठमाडौं, १२ मंसिर  –  ब्रोकरहरुले सेयर बजारलाई प्रभाव पर्ने गरी सञ्चारमाध्यममा बोल्न थालेपछि नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले उनीहरुको बोलीमा लगाम लगाएको छ ।

ब्रोकरहरुले कार्यक्षेत्र बहिर गएर जथाभावी सञ्चार माध्यममा बोल्ने र अन्तरवार्ता दिन थालेपछि उनीहरुको बोलीलाई नियन्त्रण गर्नुपरेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

‘सेयर बजारलाई प्रभाव पर्ने गरी ब्रोकरले बोल्न थालेपछि सञ्चारमाध्यममा बोल्न र अन्तरवार्ता दिन नपाइने व्यवस्था गरिएको हो ।’

बोर्डका प्रवक्तासमेत रहेका गिरीले भने, ‘ब्रोकरले सेयर बजारमा उतारचढाव आउने गरी बोल्न थालेपछि बोर्डले एक महिनाअघि उनीहरुलाई उद्देश्यविपरित गएर कार्य नगर्न निर्देशन दिएको हो ।’ – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार