बाबुराम भट्टराईलाई गणेश राईले पनि छाडे, नयाँ शक्ति पार्टीमा विधि छैन्

काठमाडौं, १२ मंसिर — बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य एवम्  सुरक्षा तथा अनुसन्धान विभाग प्रमुख गणेश राईले पार्टी परित्यागको जनाएकाछन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।

नेपाल प्रहरीको पूर्व एआईजी गणेश राईले पनि  बाबुराम भट्टराईलाई छाडे पछि  नयाँशक्ति पार्टीमा खैलाबैला मच्चिएको छ । पार्टीमा विधि नभएको उनले बताएकाछन् । नेताहरुपनि प्रणालीमा चल्नुपर्छ, अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न नसकेपछि  राजनीतिबाट हुने  निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘नेपाल प्रहरीजस्तो अनुशासित संगठनको सदस्यको हैसियतले आर्जन गरेको शीप र ज्ञानलाई नयाँ सोच तथा दृष्टिकोण भएको राजनीतिक दल मार्फत नयाँ भूमिकामा मुलुकको सेवा गर्ने मेरो लक्ष र परम्परागत राजनीतिक दलहरुले भन्दा नयाँ शक्ति पार्टीले अत्यन्त नयाँ सोच, नयाँ शैली, पारदर्शी, समानता तथा सहभागीतामूलक ढंंगबाट देशको राजनीतिलाई परिवर्तनको नयाँ युगमा डो¥याएर लैजान सक्छ भन्ने मेरो दृढ विश्वास थियो’, विज्ञप्तिमा भनिएको छ, ‘ तर अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ ।

३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतीमा बसेर काम  गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा कामगर्न सहज महसुस भएन ।’

यद्यपी उनले नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा प्रहरीमा आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पु¥याउने अठोट  लिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार