तुलसीपुरमा काँग्रेसको आमसभा नजिकै बम विष्फोट, अाठजना घाइते

तुलसीपुर, १२ मंसिर — काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रमस्थल नजिकै बम विष्फोट भएको छ ।  तुल्सीपुरमा भएको विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

गृहमन्त्रालयको जिम्मेवारी समेनत सम्हालेका प्रधानमन्त्री देउवासहित कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका बेला बम विष्फोट भएको हो । विष्फोट सभास्थल भन्दा २०० मिटर टाढा गराइएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोट गराउनेको खोजी भइरहेको छ । कांग्रेसका शीर्ष नेताहरुले घोराही र तुलसीपुरको सभालाई सम्बोधन गरी काठमाडौं फर्किने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार