हृदयघातका कारण मन्त्री मण्डलका अंगरक्षकको निधन

मोरङ, १२ मंसिर – हृदयघातका नेपाली सेनाका एक जमदारको निधन भएको छ । बिना विभागीय मन्त्री शिवकुमार मण्डलको अंगरक्षक रहेका ४६ वर्षीय जमदार रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका विनाविभागीय मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा लगिएको थियो ।

उपचारका लागि नर्सिङ होम पुर्याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार