हुम्लामा तारा एयरको विमान दुर्घटना, पाँच जना घाइते

हुम्ला, १३ मंसिर – पश्चीम नेपालको हुम्ला जिल्लाको  सिमीकोट विमानस्थलमा तारा एयरको विमान मंगलवार दुर्घटना भएको छ । विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए । दुर्घटनामा पाइलटसहित पाँचजना प्रहरी घाइते भएका छन् ।

निर्वाचन सम्पन्न गरेर प्रहरी लिएर सुर्खेत आउने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सिमीकोटमै उपचार भइरहेको छ । उद्दार जारी छ ।दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान दुर्घनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्दारको काम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार